तपाईँ सुन्दै हुनुहुन्छः

बुद्ध दर्शन विज्ञानमा आधारित छ, यसलाई कमजोर हुन दिइन्नँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिका जन्मिएका सिद्धार्थ गौतमको ध्यानबाट सिर्जित बुद्ध दर्शन विज्ञानमा आधारित भएकाले यसलाई कमजोर हुन नदिइने बताउनुभएको छ ।

नेपाल मण्डल लिटरेचर कल्चर ट्रस्टद्वारा आयोजित बौद्ध विद्वान डा अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा ‘अनगारिका गुरुमाँहरुमा सङ्घदान’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफू कार्यक्रममा आउँदा प्रशन्न चिन्तन लिएर आउने सोचमा रहे पनि अकल्पनीय रुपमा भएको सौर्य एयरको विमान दुर्घटनास्थलमा पुगेर आउन विवश भएको सुनाउनुभयो । उहाँले मृतकप्रति हार्दिक श्रद्धाञ्जली र मृतकका परिवारमा समवेदना व्यक्त गर्दै घाइते क्याप्टेनको स्वास्थलाभको कामना गर्नुभयो ।

नेपाली सामाजिक, धार्मिक र प्राकृतिक रुपमा विविधतायुक्त मुलुक भएकाले कसले कुन धर्म मान्छ, मान्दैन भन्ने कुरा बेग्लै भए पनि सरकारले नेपाल सबैको साझा हो भन्ने कुरालाई आत्मसात् गर्ने स्पष्ट गर्नुभयो । “नेपाल विश्वमा मानवतावादको चेतना फैलाउने र बुद्ध दर्शन दिने बुद्ध जन्मेको देश हो । सबै मानव र प्राणी जातिको भलो र करुणाको दर्शन दिने देश हो ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुद्धका शिक्षालाई प्राप्त गरेर विस्तार गर्नुपर्छ भन्ने सोचका साथ मै प्रधानमन्त्री हुँदा सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र बनाएको थियो । यो वैज्ञानिकतामा आधारित छ । हामी बुद्धका ज्ञान र शिक्षालाई विस्तार गराउने पक्षमा छौँ ।”

प्रधानमन्त्री ओलीले ज्ञानलाई थुपारेर राख्दा नबढ्ने भएकाले डा शाक्यले आफूमा भएको ज्ञान वितरण गरेकामा खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button