तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको प्रदेश ५ को प्रादेशिक प्रसारण भोलि शुरु हुँदै

काठमाडौं । रेडियो नेपालको प्रदेश नम्बर ५ को प्रादेशिक प्रसारण भोलिदेखि शुरु हुँदै छ ।

सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भोलि बिहान साँढे ८ बजे दाङको हेमन्तपुरस्थित रेडियो नेपालको नवनिर्मित स्टुडियो कक्षबाट प्रादेशिक प्रसारणको शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रदेश प्रसारण शुभारम्भ कार्यक्रमको रेडियो नेपालले प्रदेश नम्बर ५ मा प्रत्यक्ष प्रसारण गर्ने छ ।

यसैगरी मन्त्री बाँस्कोटाले प्रदेश प्रसारण केन्द्रमा निर्माण हुने भवनको शिलान्यास पनि गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रादेशिक प्रसारण सेवा प्रत्येक दिन दिउँसो सवा ३ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने छ ।

यसअघि रेडियो नेपालको प्रदेश नम्बर २ को प्रादेशिक प्रसारण यही जेठ १८ गतेदेखि बर्दिवासस्थित रेडियो नेपालको स्टुडियोबाट आरम्भ भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button