तपाईँ सुन्दै हुनुहुन्छः

तत्कालीन कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख भरतसिंह ऐरसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गाको कित्ता एकीकरण एवंम् भोगअनुसार नक्सा कायम तथा क्षेत्रफल सुधार गर्ने क्रममा नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलको नाममा रहेको जग्गा गैरकानूनी रुपमा व्यक्तिको नाममा कायम गरेको पाइएकाले नापी कार्यालय, ललितपुरका तत्कालीन कार्यालय प्रमुख ऐरसहित तत्कालीन सर्वेक्षक केशवनाथ कट्टेल, तत्कालीन नापी निरीक्षक राजेशकुमार केसी र नमूना मच्छिन्द्र क्याम्पस, लगनखेलका तत्कालीन क्याम्पस प्रमुख नारायणदास श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरु विरुद्ध आयोगले उक्त जग्गाको मूल्य १७ लाख ८१ हजार २५० बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button