तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी फाईनलमा प्रवेश

परेश सापकोटा । त्रिभुवन आर्मी क्लब जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा प्रदेश ३ लाई रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाईनलमा स्थान सुरक्षित पारेको थियो ।

पहिलो ब्याटिङ्ग गर्दै त्रिभुुवन आर्मी क्लबले ३ सय १० रनको राम्रो स्कोर तयार पारेको थियो ।

त्रिभुवन आर्मी क्लबका शुरुवाती ब्याट्स् म्यान राजु रिजालले ५१ रन बनाउँदै अर्ध शतक पुरा गरेका थिए ।

यसैगरी, आर्मीका कप्तान विनोद भण्डारीले निकै सम्हालिएर खेल्दै अविजित रहेर ४२ बलमा ५ चौका र ५ छक्काको मद्दत्तमा ७५ रनको योगदान गर्दै ठूलो स्कोर बनाउन अहम भुमिका निर्वाह गरे ।

ं३ सय ११ रनको विजयी लक्ष्य पच्छाउने क्रममा प्रदेश ३ ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९२ रनमा सीमित हुन पुग्यो ।

प्रदेश ३ कन इशान पाण्डेले ७९ रन बनाएर अर्धशतक पुरा गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।

यस खेलको प्लेएर अफ दि म्याच त्रिभुवन आर्मी क्लबका क्याप्टेन बिनोद भण्डारी घोषित भए ।

अब आर्मीले फाईनलमा नेपाल पुलिस क्लब र नेपाल ए पि एफ क्लबबिचको विजेता संग खेल्ने छ ।

नेपाल पुलिस क्लब र नेपाल ए पि एफ क्लबबिचको दोस्रो सेमिफाईनल खेल बिहिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button