तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशका सांसदहरुले पनि बजेट बाढ्न पाउने

पोखरा-गण्डकी प्रदेशका सांसदहरुलाई ‘निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम’ मार्फत बजेट दिइने भएको छ । संघिय सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम मार्फत बजेट पाउदाँ प्रदेशका संसदहरुले पनि बजेट बाढ्न पाउनुपर्ने माग बाराम्बार उठ्ने गरेको थियो ।

प्रदेश सदस्यहरुको आयोजनामा सहभागिता बढाउन र साधन तथा स्रोतको सन्तुलित वितरणबाट सामाजिक, भौतिक, प्रविधी र सञ्चारका पूर्वाधार निर्माणमा सहयोग र्पुयाउन निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम सञ्चालन गरिन लागेको शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको विनियोजन विधेयक, २०७६ को सिद्धान्त र प्राथमिकतामा बताउनुभयो ।

प्रदेशका सांसदहरुले संघीय सांसदले पाउनेभन्दा ५० प्रतिशत कम बजेट पाउनेछन् ।सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले पनि भूमिकाविहिन भएको भन्दै सांसदहरुको प्रत्यक्ष सहभागिता हुने गरी रकम माग गर्दै आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button