सन्तोष राउत, सोलुखुम्बु । यस सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण सकिएको छ ।
यस सिजनको अन्तिम दिनका रुपमा हिजो २० जना आरोही शिखरमा पुगेसँगै यो वर्षको लागि आरोहण सकिएको आधार शिविरबाट सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
स्वदेश तथा विदेशबाट आरोहण अनुमति लिएका आरोही र उनीहरुका सहयोगी समेत गरी करिब छ सय जनाले सगरमाथाको शिखर सफलतापूर्वक आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले बताउनुभयो ।