तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुहुने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन यही जेठ १६ गते भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।

प्रधानमन्त्री ओली भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणामा उहाँको शपथग्रहण समारोहमा सहभागी हुन जान लाग्नुभएको हो ।

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन यही जेठ १६ गते बिहीबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतमा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लाग्नुभएका मोदीको शपथग्रहण समारोह बिहीबार नै नयाँ दिल्लीमा हुन लागेको छ ।

भारतको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उहाँकी धर्मपत्नी राधिका शाक्य र उच्चपदस्थ सरकारी पदाधिकारीहरु रहनुहुने मन्त्रालयले आज जारी गरेको प्रेस–विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री ओली यही जेठ १७ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button