तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी सेमिफाईनलमा प्रवेश

काठमाडौं । त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय १७ रनले पराजित गरेर त्रिभुवन आर्मी क्लबले एक खेल अगावै सेमिफाइनलको यात्रा तय गरेको हो ।

आर्मीको जितमा स्पिनर शुसन भारीको महत्वपूर्ण भूमिका रह्यो । भारीले ९ ओभर बलिङ्ग गर्दै मात्र ३६ रन खर्चेर ४ विकेट लिँदै कर्णालीलाई सस्तैमा समेट्न निकै मद्दत्त पुर्याएका थिए ।

खेलमा पहिलो ब्याटिङ्ग गरेको त्रिभुवन आर्मी क्लबले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो ।

शुरुआती ब्याट्स् म्यान राजु रिजालले सर्वाधिक ६६ अर्का शूरुआती ब्याट्स् म्यान हरिकृष्ण झाले ५२ र रोहित पौडेलले ५६ रनको योगदान गर्दै अर्धशतक पुरा गरेका थिए ।

२ सय ९१ रनको विजयी लक्ष्य पच्छाउने क्रममा कर्णाली प्रदेशले ३५.१ ओभरमा १ सय ७३ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।

आर्मीका लागि ६६ रनको योगदान गरेका राजु रिजाल यस खेलको प्लेएर अफ दि म्याच घोषित भए ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार नै भएको अर्को खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो ।

गण्डकी प्रदेशले दिएको १ सय ९ रनको सामान्य लक्ष्य पारस खडकाको कप्तानीमा रहेको प्रदेश ३ ले २२.२ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।

प्रदेश ३ लाई निकै कम रनमा समेट्न कप्तान पारस खड्का र सुर्य तामाङ्गले राम्रो बलिङ्ग गरेका थिए । कप्तान खड्का र तामाङ्गले समान ४ विकेट लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button