तपाईँ सुन्दै हुनुहुन्छः

बलपूर्वक बेपत्ता पार्नेलाई कारवाही: मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बलपूर्वक व्यक्ति बेपत्ता पार्ने पीडकलाई कारवाही गरिने बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र र एड्भोकेसी फोरम नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘एशियामा बलपूर्वक बेपत्ताः प्रचलित कानून, चुनौती तथा समाधानका उपाय’ विषयक कार्यशाला गोष्ठीमा मन्त्री ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सत्यतथ्य अध्ययन गरी पीडकलाई कारवाही र पीडितलाई परिपूरणका लागि सिफारिश गर्ने बताउनु भयो ।

बलपूर्वक बेपत्तासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समितिका उपाध्यक्ष राइनेर हुलेले नेपाल बलपूर्वक बेपत्ता पार्नेसम्बन्धी महासन्धिको पक्ष राष्ट्र बन्दा सहयोग पुग्ने भएकाले हस्ताक्षर गर्दा ठूलो दायित्व बढ्ने डर लिनुभन्दा पनि अवसरको उपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यशालामा एशिया महादेशका १२ देशका २० प्रतिनिधि, द्वन्द्वपीडित, नेपालका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागीता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button