तपाईँ सुन्दै हुनुहुन्छः

कान्तिपुर हाफ म्याराथनको उपाधि थापामगर र बुढालाई

काठमाडौं । कान्तिपुर हाफ म्याराथनको उपाधि पुरषमा अनिष थापामगर र महिलामा विश्व रुपा बुढाले हात पार्न सफल भएका छन् ।

काठमाडौँमा शनिबार बिहान भएको दौड भारतीय सेनाका अनिषले १ घण्टा ८ मिनेट ४ सेकेन्डसमा पुरा गरेका थिए । पुरुष दौडमा दुुर्गा बुढा दोस्रो र कृष्ण बस्नेट तेस्रो भएका थिए ।

यसैगरी, विश्व रुपाले दौड १ घण्टा २३ मिनेट २८ सेकेन्डसमा पुरा गरेकी थिईन् । महिला दौडमा सन्तोषी श्रेष्ठले दोस्रो र बृन्दा श्रेष्ठले तेस्रो स्थान प्राप्त गरेका थिए ।

महिला र पुरष तर्पm प्रथम हुनेले एउटा स्कुटीसँगै ५० हजार तथा दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैँया पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button