तपाईँ सुन्दै हुनुहुन्छः

‘कानूनअनुसार विनियम र निर्देशिका बनाउनुपर्छ’

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संविधान र कानूनको भावनाअनुसार विनियम र निर्देशिका बनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाद्धारा आज काठमाडौमा आयोजित ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति’ विषयक अन्तक्र्रियामा सभामुख महराले प्रत्यायोजित विधायन तयार गर्दा गहन अध्ययन गरी संविधान र कानून अनुकूल भए नभएकोमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समयसापेक्ष नभएका पुराना कानूनलाई समयसापेक्ष बनाउने कुरालाई ध्यान दिनुपर्ने वताउनुभयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून बनाउनुपर्ने विषयमा समय तालिकानै बनाएर बृहत् छलफल गरेर बनाउँदा उपयुक्त हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button