तपाईँ सुन्दै हुनुहुन्छः

सी पी एलः सन्दीपले बार्बेडर्स टाईटन्सबाट खेल्ने

काठमाडौं । नेपालका उदयमान युवा स्पिनर सन्दिप लामिछानेले क्याराबियन प्रिमियर लिग सी पी एल टि २० क्रिकेट प्रतियोगिता बार्बेडर्स टाईटन्सबाट खेल्ने भएका छन् ।

बुधबार साँझ भएको ड्राफ्टमा सन्दिपलाई बार्बेडर्सले उनलाई लिगका लागि ७० हजार डलर अर्थात करिब ७८ लाख रुपैँयामा अनुबधिन्त गरेको थियो ।

गत सिजन सेन्ट किट्स एण्ड नभिस पेट्रियट्सबाट खेल्दा सन्दिपले ५ खेलमा ७ विकेट लिएका थिए ।

त्यस बेला उनी मात्र ५ हजार डलरमा अनुबन्धित भएका थिए ।

यस पटक खेल्ने सम्भावना बोकेका अन्य नेपाली खेलाडी दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित कुमार पौडेललाई कुनै टोलीले लिएनन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button