तपाईँ सुन्दै हुनुहुन्छः

अन्नपूर्ण म्याराथनको दोस्रो संस्करण २० गते हुने

काठमाडौं । अन्नपूर्ण म्याराथनको दोस्रो संस्करण यही जेठ महिनाको २० गते आयोजना हुने भएको छ ।

आयोजक अन्नपूर्ण काठमाडौँ समाजले मंगलबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा सञ्चालन गरिने जानकारी गराएको थियो ।

म्याराथनमा नेपाली र विदेशी गरी करिब १ सय जनाले दौडने आयोजकले जनाएको छ ।

म्याराथनमा प्रथम हुनेले १ लाख ५ हजार, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५५ हजार रुपैँया पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button