तपाईँ सुन्दै हुनुहुन्छः

सी डिभिजन नक आउट छनोट चरणको खेलतालिका सार्वजनिक

परेश सापकोटा । शहिद स्मारक सी डिभिजन नक आउट फुटबलको छनोट चरणको खेलतालिका सार्वजनिक भएको छ ।

एन्फाद्वारा सोमबार सार्वजनिक गरिएको खेलतालिका अनुसार उद्घाटन खेल एफ सी एस एस क्लब र सरस्वती नगर स्पोर्टस् क्लबकाबिच हुनेछ ।

प्रतियोगितामा ३८ वटा क्लबको सहभागिता रहेको छ ।

शीर्ष स्थान प्राप्त गर्ने तीन वटा क्लबले सी डिभिजन लिगमा सहभागिता जनाउने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button