तपाईँ सुन्दै हुनुहुन्छः

आन्तरिक कारणले काँग्रेस कमजोरः सभापति देउवा

भुषण पोखरेल । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस अन्तर्घातका कारण कमजोर बनेको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्नुहुँदै सभापति देउवाले पार्टीलाई गुट उपगुटबाट मुक्त गराई पार्टी मजबुत बनाउन सबै तह र तप्काका कार्यकर्तालाई आह्वान गर्नुभयो ।

त्यस अवसरमा नेपाली काँग्रेसका नेताहरु कृष्ण प्रसाद सिटौला, अर्जुन नरसिंह केसी, लक्ष्मण घिमिरे लगायतले नेतृत्वका कारण कार्यकर्तामा निराशा छाएको भन्दै समय र परिस्थितीको मुल्याँकन गरी अगाडी बढ्न सभापति देउवालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button