तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धिका लागि कला, साहित्य बलशालीः उप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आज काठमाडौमा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटनका अवसरमा उहाँले कुनै पनि राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान हुने र राष्ट्र निर्माणमा पनि यिनै पक्षको बलशाली भूमिका रहने चर्चा गर्नुभयो ।

कार्यक्रममा कलाका विभिन्न विधा तथा राष्ट्रिय र प्रदेशस्तरमा गरी कूल ३७ श्रष्टालाई पुरस्कृत गरिएको थियो । प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कला, साहित्य क्षेत्रका लागि सरकारले थप प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उपकुलपति गोपाल चित्रकारले आगामी वर्षमा अझ उत्कृष्ट कला प्रदर्शनी आयोजना गरिने बताउनुभयो ।

सदस्यसचिव विपिनकुमार घिमिरेले ४५३ कलाकृति प्रदर्शनीमा समावेश गरिएको र ती कलामा यथार्थवादी पक्ष रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button