तपाईँ सुन्दै हुनुहुन्छः

‘एक्स्पेरियन्स नेपाल’ अभियान शुरु

काठमाडौँ । नेपाल भ्रमण वर्षलाई लक्षित गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, हिमालयन बैंक र अमेरिकन एक्सप्रेसको समन्वय र सहकार्यमा ‘एक्स्पेरियन्स नेपाल’ अभियान शुरु भएको छ ।

काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले अभियानमार्फत् नेपालका पर्यटकीय स्थललाई बिदेशमा प्रवर्द्धन गरी नेपालमा पर्यटयकहरुको गन्तव्य विस्तार गर्ने जानकारी दिनुभयो ।

पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी र अमेरिकन एक्सप्रेसका दिव्या जैनले पर्यटन प्रवर्द्धनका साथै स्थानीय व्यवसायलाई प्रोत्साहन गर्न अभियान शुरु गरिएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button