तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको लगातार दोस्रो हार

काठमाडौं । ह्विल चियर एशिया कप टि २० क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहिबार भएको खेलमा बंगलादेशले नेपाललाई ८ विकेटले पराजित गरेको थियो ।

नेपालले दिएको १ सय ४९ रनको विजयी लक्ष्य बंगलादेशले १८.३ ओभरमा २ विकेटको क्षतिमा प्राप्त गर्यो ।

पहिलो ब्याटिङ्ग गरेको नेपालले १९.३ ओभरमा सबै विकेट खर्चेर १ सय ४८ रन बनाएको थियो ।

नेपालका लागि होमनाथ राईले सर्वाधिक ३६ र क्याप्टेन दिगम चेमजोङ्गले ३५ रन बनाएका थिए ।

कीर्तिपुरमा बुधबार भएको पहिलो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको थियो ।

लिगमा अब नेपालको अन्तिम खेल पाकिस्तानसँग हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button