तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा आरोहण शुरु

काठमाडौँ । वसन्त ऋतुको यामसगैं सगरमाथाको आरोहण शुरु भएको छ । आठ शेर्पा आरोहीले सगरमाथाको चुचुरोमा डोरी टाँगेसँगै आजदेखि सगरमाथा आरोहण खुलेको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।

विभागका अनुसार, सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३५ विदेशी र छ नेपाली आरोही समूह छन् ।

विभागका अनुसार सगरमाथासहितका हिमाल आरोहणका लागि यस याममा कूल १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन् ।

सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा छन् ।

यस याममा हिमाल आरोहणबाट करीब रु ५० करोड सलामी दस्तुर जम्मा भएको छ । यसमा सबैभन्दा धेरै रु ४३ करोड ८९ लाख २७ हजार सगरमाथाबाट मात्र छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button