तपाईँ सुन्दै हुनुहुन्छः

उद्घाटन खेलमा ताप्लेजुङको टोली विजयी

इलाम । इलाममा बिहीवारदेखि सञ्चालित इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिताको उद्घाटन खेलमा ताप्लेजुङको टोली विजयी भएको छ ।

इलामको ठुलो टुडिखेलमा बिहिबार भएको उद्घाटन खेलमा आयोजक जिल्ला भलिवल संघ इलामलाई ३ सोझो सेटमा पराजित गर्दै ताप्लेजुङको टोली सेमिफाईनलमा प्रवेश गरेको हाम्रा ईलाम समाचारदाता सविता पाण्डेले जनाएकी छिन् ।

बिहिबार नै भएको दोस्रो खेलमा नव चेतना भलिवल क्लवले झापा गाउँपालिका भलिवल टिमलाई पनि ३ सोझो सेट मै पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button