तपाईँ सुन्दै हुनुहुन्छः

पाथिभरा पुरुष राष्ट्रिय भलिबलको उपाधि पुलिसलाई

ताप्लेजुङ । नेपाल पुलिस क्लब ताप्लेजुङ्गमा जारी पाथिभरा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

मौवाखोला गाँउ पालिकाको साँघुमा बिहिबार सम्पन्न फाईनलमा त्रिभुवन आर्मी क्लबलाई ३ सोझो सेटमा पराजित गर्दै पूर्व विजेता नेपाल पुलिस क्लबले उपाधि हात पारेको थियो ।

उपाधि संगै नेपाल पुलिस क्लबले ३ लाख ५१ हजार ५ सय र उप विजेता भएको त्रिभुवन आर्मी क्लबले १ लाख ७६ हजार २ सय ५१ रुपैँया पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विधागत तर्पmका उत्कृष्ट घोषित सरभर, डिफेन्डर, ब्लकर, क्विकर, स्पाईकर र प्रशिक्षले समान ७ हजार रुपैँया प्राप्त गर्ने छन् ।

यसैगरी, प्रतियोगिता कै सर्वोत्कृष्ट घोषित एक खेलाडिलाई १५ हजार रुपैँया पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button