पारस र ज्ञानेन्द्रले प्रदेश ३ बाट खेल्ने
काठमाडौं । राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्ल दुवैले प्रधान मन्त्री कप क्रिकेट प्रतियोगिता प्रदेश ३ बाट खेल्ने भएका छन् ।
नेपाल ए पि एफ क्लबबाट खेलिरहेका यी दुवै खेलाडीले यस पटक आउने जेठ १ गते देखि सञ्चालन हुने प्रधान मन्त्री कप भने प्रदेश ३ बाट खेल्ने बताएका छन् ।
प्रधान मन्त्री कपमा ३ विभागीय र ७ प्रदेश गरी १० वटा टोलीको सहभागिता रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्