तपाईँ सुन्दै हुनुहुन्छः

विमेन्स लिग फुटबलमा सेतु क्लबको दोस्रो जित

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सावित्रा भण्डारी र अनिता बस्नेतको गोलमा भारतमा जारी ईण्डियन्स विमेन्स लिग फुटबलमा सेतु क्लबले दोस्रो जित हात पारेको छ ।

सेतु फुटबल क्लबबाट खेलि रहेका यी दुई अन्तराष्ट्रिय खेलाडीहरुले समान १–१ गोल गरेका थिए ।

खेलमा सेतुले बेङ्गलोर युनाईटेड फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

पहिलो खेलमा सावित्रा एक्लै ले ४ गोल गरेकी थिईन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button