तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ टी–ट्वान्टी वरियताः नेपाल ११ औं स्थानमा

अजय बम । अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसीसी) को नयाँ टी–ट्वान्टी वरियतामा नेपालले छलाङ मारेको छ ।

आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ३ स्थान सुधार गर्दै ११ औं स्थानमा उक्लिएको छ । यसअघि नेपालले १४ औं स्थानमा रहेको थियो । नेपालले आयरल्यान्ड र जिम्बाबे जस्ता टेष्ट राष्ट्रलाई पछि पारेको छ ।

स्कटल्यान्ड १२, जिम्बाबे १३ ,आयरल्यान्ड १५ र यूएई १६ औं स्थानमा छन् । नयाँ वरियता अनुसार पाकिस्तान पहिलो, साउथ अफ्रिका दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा छन् । अष्ट्रेलिया चौथो र भारत पाँचौ स्थानमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button