तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीेले भियतनाम र कम्बोडियाको भ्रमण गर्नुहुने

सुरेन्द्रमणि त्रिपाठी । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आगामी साता भियतनाम र कम्बोडियाको भ्रमण गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले दुवै देशका प्रधानमन्त्रीको निमन्त्रणमा यही बैशाख २६ गतेदेखि ३० गतेसम्म भियतनाम र बैशाख ३० गतेदेखि जेठ १ गतेसम्म कम्बोडियाको भ्रमण गर्नुहुृने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा दुबै देशका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै भियतनाममा आयोजना हुने वुद्ध सम्मेलनमा सहभागी हुनुहुने बताउनुभयो ।

मन्त्री ज्ञवालीले भियतनाम र कम्बोडिया दुबै देश बौद्ध धर्माबलम्बीहरुको बाहुल्यता रहेको मुलुक भएका कारण प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button