तपाईँ सुन्दै हुनुहुन्छः

स्वर्ण पदक विजेता महर्जन सम्मानित

काठमाडौं । सरकारले राष्ट्रिय क्रिकेट टोली, साग फुटबलमा स्वर्ण विजेता अण्डर २३ को टोली र शारिरिक शुगठन प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका महेश्वर महर्जनलाई नगद सहित सम्मान गरेको छ ।

मन्त्री परिषदको गत माघ २५ गते बसेको बैठकले यी खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको थियो ।

सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रमकाबिच युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले खेलाडीहरुलाई नगद सहित सम्मान गर्नु भएको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीलाई समान ५ लाख, प्रशिक्षकलाई ३ लाख र टोलीका अन्य सदस्यहरुलाई जनहि २ लाख रुपैँया प्रदान गरिएको थियो ।

अण्डर २३ फुटबल टोलीलाई ३ लाख रुपैँया प्रदान गरेको छ । सरकारले फुटबल टोलीलाई जनही २ लाख रुपैँया यस अघि नै प्रदान गरिसकेको थियो ।

यसैगरी, कार्यक्रममा महेश्वर महर्जनलाई ५ लाख रुपैँया सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button