तपाईँ सुन्दै हुनुहुन्छः

के एन पि महिला भलिबलको उपाधि ए पी एफ लाई

नेपाल ए पी एफक क्लब पाँचौ के एन पि राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पार्न सफल भएको छ ।

काठमाडौँमा मंगलबार सम्पन्न फाईनलमा त्रिभुवन आर्मी क्लबलाई ३ सोझो सेटमा पराजित गर्दै नेपाल ए पी एफ क्लबले पाँचौ पटक पनि उपाधि हात पार्न सफल भएको थियो ।

उपाधि सहित नेपाल ए पी एफ क्लबले २ लाख र दोस्रो भएको त्रिभुवन आर्मी क्लबले १ लाख रुपैँया पुरस्कार प्राप्त गरे ।

यसैगरी मंगलबार नै तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै न्यू डाएमण्ड एकेडमिले ५० हजार रुपैँया पुुरस्कार प्राप्त गर्यो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी नेपाल ए पी एफ क्लब की सरस्वती चौधरीले १५ हजार रुपैँया पुरस्कार प्राप्त गरिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button