तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली–११ के.पी.एल. को सेमिफाईनलमा

सुर्खेत । आयोजक कर्णाली–११ समूह विजेता बन्दै सुर्खेतको बीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग के.पी.एल. को सेमिफाईनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा कर्णाली–११ ले सोमबार उपाधि दाबेदार मानिएको विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै अन्तिम चारमा ठाउँ पक्का गरेको हाम्रा सुर्खेत समाचारदाता आकाश तारा बयकले जनाएका छन् ।

यसैगरी, सोमबार भएको अर्को खेलमा महेन्द्रनगर क्रिकेट एकेडमीले पहिलो जित दर्ता गरेको छ ।

महेन्द्रनगरले हिमालय एकेडमीलाई ५ रनले हराउँदै अंक तालिकामा खाता खोलेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button