तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा सफाई अभियानबाट ३ हजार केजी फोहर संकलन

काठमाण्डौ । पर्यटन विभागले यही बैशाख १ गतेदेखी सुरू भएको सगरमाथा सफाई अभियानका क्रममा ३ हजार केजी फोहर संकलन भएको जनाएको छ ।

विभागले आज काठमाडौमा पत्रकार सम्मेलन गरी सगरमाथाको पहिलो आधारशिबिर क्षेत्रबाट ३ हजार के.जी. फोहर संकलन गरिएको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले संकलित फोहरमध्ये २ हजार केलोग्राम फोहर ओखलढुंगामा राखिएको र पुनः प्रयोग हुन सक्ने १ हजार केलो फोहर ब्ल्यू ओष्ट टु भ्यालू नामक गैह्र सरकारी संस्थालाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button