तपाईँ सुन्दै हुनुहुन्छः

उत्पादनशील क्षेत्रसँग जोडेर काम गर्न सञ्चारमन्त्रीको आग्रह

खगेन्द्र भण्डारी, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उत्पादनशील क्षेत्रसँग जोडेर काम गर्न सहकारी संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।

काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता दिलीप शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ नामक पुस्तक आज धुलिखेलमा विमोचन गर्नुहुदैं मन्त्री बाँस्कोटाले सवारी साधन र घरजग्गा खरिदमा मात्र सहकारीहरु केन्द्रित भएकाले अब उत्पादनशील क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभयो ।

सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले देश विकासका प्रशस्त आधारहरु तयार भइसकेकाले सरकारको आलोचना मात्र गर्नुभन्दा विकासका गतिविधिहरुप्रति सकारात्मक बन्न नागरिक समाजलाई आग्रह गर्नुभयो ।

मन्त्री बाँस्कोटाले सरकारले विद्यालय पुनःनिर्माणको कामलाई तीव्रता दिइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button