तपाईँ सुन्दै हुनुहुन्छः

एशियन कप ट्राईयाथलनको उपाधि जापानका ओदाकुरालाई

पोखरा । पोखरामा शनिबार सम्पन्न प्रथम एशियन कप ट्राईयाथलनको उपाधि जापानका माकोतो ओदाकुराले हात पारेका छन् ।

माकोतोले निर्धारित ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७ सय ५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४ मिनेट ५७ सेकेन्डस्मा पुरा गर्दै स्वर्ण पदक प्राप्त गरेका थिए ।

ट्राईयाथलनमा पोल्याण्डका डान मेसिन्तोशले दास्रो र दक्षिण कोरियाका जि ह्वान किमले तेस्रो स्थान प्राप्त गरे ।

ट्राईयाथलनको महिला तर्फ कोरियाकी य जिन पार्कले १ घन्टा २ मिनेट ५६ सेकेन्डस्मा दुरी पुरा गर्दै स्वर्ण पदक हात पारिन् ।

महिला तर्पm जापानकी कोनामी युसियुदाले दास्रो र जापान कै नाओमी ताकामिनेले तेस्रो स्थान प्राप्त गरे ।

यसैबची, पोखरामै भएको सातौं दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिपमा नेपालका वसन्त थारुले स्वर्ण पदक हात पारेका छन् ।

नेपालका लोकेश कुमार बाबुजीले दोस्रो र नेपालकै नितेश मानन्धरले तेस्रो स्थान प्राप्त गरे ।

महिला तर्फ पहिलो र दोश्रो स्थान भारतका प्रग्न्या मोहन र मोनिका मुकेशभाई नागपुरले प्राप्त गरे भने नेपालकी सोनी गुरुङ्गले तेस्रो स्थान प्राप्त गरिन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button