तपाईँ सुन्दै हुनुहुन्छः

कुल ग्राहस्थ उत्पादन वृद्धिदर ६.८१ प्रतिशत हुने अनुमान

भुवनप्रसाद आचार्य । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा मुलुकको कुल ग्राहस्थ उत्पादन वृद्धिदर ६.८१ प्रतिशत हुने अनुमान गरेको छ ।

विभागले आज काठमाडौंमा चालु आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्यांक, नेपाल जनशक्ति सर्वेक्षण २०७४–०७५ तेस्रो र नेपालको वातावरण तथ्यांक २०१९ सार्वजनिक गर्दै त्यस्तो जानकारी दिएको हो ।

तथ्याडंक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कमा चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढरे कूल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार ३४ खर्ब रुपैयाँमा पुग्ने उल्लेख छ ।

प्रतिवेदनमा कृषि क्षेत्रको वृद्धिदर ५.०२ प्रतिशत हुने र कृषिले कुल ग्राहस्थ उत्पादनमा २६.९८ प्रतिशत योगदान दिन उल्लेख गरिएको छ ।

त्यसै गरी कुल ग्राहस्थ उत्पादनमा गैर कृषिको योगदान ७३.०२ प्रतिशत हुने र गैरकृषि क्षेत्रको वृद्धिदर ७.४८ प्रतिशत हुने अनुमान गरिएको छ ।

विभागले नेपालीको प्रतिव्यक्ति आय यो वर्ष १ लाख १७ हजार ४ सय ५५ रुपैयाँ अर्थात वार्षिक एक हजार ३४ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । हाल प्रतिव्यक्ति आय १ हजार ४ डलर रहेको छ ।

प्रतिवेदनले यो वर्ष कुल ग्राहस्थ उत्पादनमा सेवा क्षेत्रले ५७.८१ प्रतिशत र उद्योग क्षेत्रले ५.५९ प्रतिशत तथा निर्माण क्षेत्रले ७.७७ प्रतिशतले योगदान दिने प्रक्षेपण गरेको छ ।

प्रतिवेदनहरु योजना आयोगका सदस्यहरु डा. कृष्णप्रसाद ओली, डा.दिलबहादुर गुरुङ र डा.रामेश्वर फूयालले सार्वजनिक गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button