तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला स्तरीय क्रिकेटको उपाधि मंगलसैन क्रिकेट क्लबलाई

अछाम । अछामको कमलबजारमा सम्पन्न जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मंगलसैन क्रिकेट क्लबले हात पारेको छ ।

बिहीबार सम्पन्न फाईनलमा मंगला विकास क्लब वलिगाँउलाई ३ विकेटले पराजित गर्दै मंगलसैनले उपाधि हात पारेको हाम्रा अछाम समाचारदाता टेकराज भण्डारीले जनाएका छन् ।

उपाधिसँगै मगलसैन क्लबले ३० हजार रुपैँया र उपविजेता बनेको वलिगाउँले १२ हजार रुपैँया पुरस्कार प्राप्त गर्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button