तपाईँ सुन्दै हुनुहुन्छः

दक्ष एवम् सक्षम जनशक्ति आवश्यकः मन्त्री पोखरेल

पुष्करराज बुढाथोकी, भक्तपुर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले समाजवाद उन्मुख समृद्घ राष्ट्र निर्माणका लागि दक्ष एवम् सक्षम जनशक्ति आवश्यक रहेको बताउनुभएको छ ।

आज भक्तपुरमा सार्वजनिक बिद्यालय रुपान्तरण अभियान बिषयक राष्ट्रिय सम्मेलनमा मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्री पोखरेलले मुलुकलाई आवश्यक पर्ने जनशक्ति विकासका लागि सबै क्षेत्रको समन्वय जरुरी रहेको बताउनुभयो ।

शिक्षा सचिव खगराज बरालले विद्यालयको सुधार सँगसँगै सवै वालवालिकालाई विद्यालय भर्ना गर्ने र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान सहित विद्यार्थी भर्ना अभियान कार्यक्रमलाई निरन्तरता दिइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button