तपाईँ सुन्दै हुनुहुन्छः

पुरुष फुटबलको उपाधि त्रिभुवन आर्मीलाई

नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद अन्तरगतको पुरुष फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले हात पार्न सफल भएको छ ।

नेपालगञ्ज रङ्गशालामा बुधबार सम्पन्न फाईनलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपि एफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हाम्रा नेपालगञ्ज समाचारदाता नवीन गिरीले जनाएका छन् ।

फुटबल सम्पन्न भएसँगै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सबैभन्दा धेरै पदक हात पार्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।

त्रिभुवन आर्मी क्लब १ सय ४० स्वर्ण, ८१ रजत र ६७ काँस्य पदक सहित शीर्ष स्थान प्राप्त गर्न सफल भएको छ ।

यसैगरी, नेपाल पुलिस क्लब ६२ स्वर्ण, ४७ रजत र ४६ काँस्य पदक सहित दोस्रो तथा ५२ स्वर्ण, ७० रजत र ८० काँस्य पदक सहित नेपाल ए पी एफ कलब तेस्रो स्थान प्राप्त गरे ।

यता प्रदेश तर्फ प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० काँस्य पदक सहित चौथो गण्डकी प्रदेश १२ स्वर्ण, २१ रजत र ४४ काँस्य पदक सहित पाँचौ तथा ११ स्वर्ण, २६ रजत र ४८ काँस्य पदक सहित प्रदेश ५ ले छैठौँ स्थान प्राप्त गरेका छन् ।

९ स्वर्ण, २० रजत र ६९ काँस्य पदक सहित प्रदेश १ सातौँ स्थानमा रहेको छ भने सुदुुरपश्चिम प्रदेशले ८ स्वर्ण, १२ रजत र ३४ काँस्य पदक सहित आठौँ र ६ स्वर्ण, ७ रजत र २० काँस्य पदक सहित प्रदेश नम्बर २ ले नवौँ स्थान प्राप्त गरेका छन् ।

यसैगरी एन आर एन ए ले ६ स्वर्ण, २ रजत र ५ काँस्य पदक प्राप्त गर्दै दशौँ स्थान प्राप्त गर्यो भने ३ स्वर्ण, ४ रजत र १७ काँस्य पदक सहित कर्णाली प्रदेशले ११ औँ स्थान प्राप्त ग¥यो ।

३ विभागिय टोली, ७ वटै प्रदेशको टोली र गैर आवासीय नेपालीको टोली गरी जम्मा ११ ओटा टोलीले प्रतियोगितामा भाग लिएका थिए ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७७ साल फागुन २० देखि २७ गते सम्म सँचालन हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button