तपाईँ सुन्दै हुनुहुन्छः

बजेट दोहोरो अंकको आर्थिक वृद्धि लक्षित हुनुपर्नेमा जोड

भुवनप्रसाद आचार्य । व्यवस्थापन तथा विभिन्न क्षेत्रका विज्ञहरुले आगामी बजेट विकास र सम्वृद्धि र दोहोरो अंकको आर्थिक वृद्धि लक्षित भएर आउनु पर्नेमा जोड दिनु भएको छ ।

नेपाल व्यवस्थापन संघ म्यानले मंगलबार काठमाडौमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा सहभागि वक्ताहरुले नेपालमा लगानीको वातावरण निर्माण गर्ने, रोजगारीको श्रृजना गर्ने तथा उद्यमशिलता र निर्यात अभिवृद्धि हुने गरी बजेट तर्जुृमा गर्न अर्थमन्त्रालयलाई सुझाव दिनु भयो ।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी बजेट वित्त आयोगको शुत्रका आधारमा निर्माण गरिने बताउनु भयो ।

वित्त आयोग, योजना आयोग र अन्य विभिन्न निकायहरुसँग आगामी बजेटका सम्बन्धमा सुझावहरु लिने काम भइहेको पनि अर्थ मन्त्री खतिवडाले जानकारी दिनु भयो ।

अर्थमन्त्री खतिवडाले सरकार बजेटसँगै सरकारको नीति र कार्यक्रमको तर्जूृमाको काममा लागेकोले सबै पक्ष र क्षेत्रबाट सुझाव दिन आग्रह पनि गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आगामी बजेट संविधानको भावना र संघीयताको अवधारणा अनुसार तयार पार्न सुझाव दिनु भयो ।

साथै उहाँले सबै तहको बजेट राष्ट्रिय बजेको प्राथमिकताको आधारमा तय हुनु पर्ने सुझाव पनि दिनु भयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य तथा म्यानका अध्यक्ष ई.शुशिल भट्टले आगामी बजेट १५ औ योजनाको आधारपत्र र विकासको दीर्घकालीन लक्ष्य निर्देशित भएर निर्माणको क्रममा रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका अध्यक्ष कृष्णहरी बास्कोटा, अर्थशास्त्री शंकर शर्मा, योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्री, बैकर्स, उद्योगी, व्यवसायी लगायतले सुझाव दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button