तपाईँ सुन्दै हुनुहुन्छः

‘राष्ट्रपतिको भ्रमणबाट चीनसँगको सम्बन्ध प्रगाढ हुने’

सुरेन्द्रमणि त्रिपाठी । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी यही बैशाख ११ गतेदेखि मित्रराष्ट्र चीनको औपचारिक राजकीय भ्रमणमा जान लाग्नुभएको जानकारी गराउँदै परराष्ट्रमन्त्री ज्ञवालीले यस भ्रमणले चीनको विकास यात्रासँग नेपालको विकासलाई जोड्ने काम गर्ने बताउनुभयो ।

रिपोटर्स क्लब नेपालमा आज आयोजित साक्षात्कार कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले विश्वमै आर्थिक रुपमा उदीयमान शक्तिका रुपमा अगाडी बढिरेका दुई छिमेकी देश चीन र भारतसँगै अन्य मुलुकसँग पनि नेपालले आर्थिक कूटनीतिक सम्बन्ध राखेर अगाडी बढिरहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपतिले पनि उपयुक्त समयमा नेपालको भ्रमण गर्नुहुने विश्वास नेपाल सरकारले लिएको बताउनुभयो ।

नेपालको विकास प्रयासमा वैदेशिक लगानी आवश्यक भएको र वर्तमान सरकारको गठनपछि नेपालमा राजनीतिक स्थिरता भएकोले लगानीको वातावरण बनेको सन्देश विश्व समुदायमा पुर्याउन नेपाल सफल भएको पनि परराष्ट्रमन्त्री ज्ञवालीले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button