तपाईँ सुन्दै हुनुहुन्छः

ए पी एफका राईलाई ६ स्वर्ण

नेपालगञ्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको जिमन्यास्टिकको पुरुष तर्फ रहेका जम्मा ८ स्वर्णमा नेपाल ए पी एफ क्लबका राजु राई एक्लै ६ वटा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।

सोमबार सम्पन्न पुरुष जिमन्यास्टिकमा खेलकै क्रममा कुममा गम्भीर चोट लागेका राईले ७ स्वर्ण र र १ रजत पदक जित्दै सबैलाई आश्चर्य चकित पारेका छन् ।

कुमको हड्डि नै बहिर देखिने गम्भीर चोटमा पनि उचित चिकित्सक र उपचार नपाउँदा राजु राईले सामान्य उपचार र टेपिङ्गकै भरमा प्रतिस्पर्धा गर्नुपरेको थियो ।

प्रतियोगिको पुरुष ह्याण्ड बलमा गण्डकी प्रदेश र नेपाल ए पी एफ क्लब तथा महिला ह्याण्डबलमा त्रिभुवन आर्मी क्लब र नेपाल एपी एफ फाइनलमा प्रवेश गरेका छन् ।

नेपालगञ्जमा सोमबार भएको पहिलो पुरुष सेमीफाइनल गण्डकी प्रदेशले प्रदेश ३ लाई र दोस्रो खेलमा ए पी एफले त्रिभुवन आर्मी क्लवलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका हाम्रा नेपालगञ्ज समाचारदाता नवीन गिरीले जनाएका छन् ।

सोमबार नै भएका महिला ह्याण्ड बलमा आर्मीले प्रदेश १ लाई र ए पी एफ ले गण्डकी प्रदेशलाई पाखा लगाउँदै फाइनलमा प्रवेश गरेका थिए ।

यसैगरी सोमबार पुरुष टि २० क्रिकेट प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको छ ।

समूह ए बाट नेपाल ए पी एफ क्लब र नेपाल पुलिस क्लब क्रमस समूह विजेता र उप विजेताको रुपमा तथा समूह बि बाट त्रिभुवन आर्मी क्लब र प्रदेश १ क्रमस समूह विजेता र उप विजेताको रुपमा सेमिफाईनलमा प्रवेश गरेका छन् ।

टि २० क्रिकेटको पहिलो सेमिफाईनल नेपाल ए पी एफ क्लब र प्रदेश १ तथा दोस्रो सेमिफाईनल खेल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ ।

सोमबार साँझ सम्मको पदक तालिका अनुसार त्रिभुवन आर्मी क्लब ८७ स्वर्ण, ५५ रजत र ४४ काँस्य पदक सहित शिर्ष स्थानमा कायमै रहेको छ ।

यसैगरी, नेपाल ए पी एफ क्लब ३५स्वर्ण, ३६ रजत र ४४ काँस्य पदक सहित दोस्रो र ३३ स्वर्ण, ३३ रजत र ३२ काँस्य पदक सहित नेपाल पुलिस कलब तेस्रो स्थानमा रहेका छन् ।

यता प्रदेश तर्पm १६ स्वर्ण सहित प्रदेश ३ शिर्ष स्थानमा रहेको छ तथा ७ स्वार्ण सहित प्रदेश ५ र शुदुर पश्चिम प्रदेश कुल पदकका आधारमा क्रमसः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

समान ६ स्वर्ण पदक प्राप्त गरेका गण्डिकी प्रदेश २ क्रमस प्रदेश तर्पm कुल पदकका आधारमा चौथो र पाँचौ स्थानमा रहेका छन् भने कर्णाली प्रदेश २ स्वर्ण सहित छैठौँ स्थानमा रहेको छ ।

यसैगरी ए आर एन ए अहिले सम्म जम्मा ४ स्वर्ण र ४ काँस्य पदक प्राप्त गरेको छ ।

यही बैशाख ११ गते सम्म सञ्चालन हुने प्रतियोगितामा अहिले सम्म जम्मा २ सय ७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button