तपाईँ सुन्दै हुनुहुन्छः

३१ परियोजनामा २५ खर्ब भन्दा बढी लगानी प्रस्ताव

काठमाण्डौ । लगानी सम्मेलनमा प्रस्तुत गरिएका ७७ योजनामध्ये यही वैशाख ७ गतेसम्म ३१ परियोजनामा २५ खर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ ।

बोर्डका अनुसार, अधिकांश परियोजनामा एक एकवटा मात्र प्रस्ताव परेका छन् ।
गत चैत १५ र १६ गते काठमाडौंमा गरिएको लगानी सम्मेलनमा सरकारवाट ५० र निजी क्षेत्रवाट २७ गरी कुल ७७ परियोजना लगानीका लागी प्रस्तुत गरिएका थिए ।
लगानी सम्मेलनमा प्रस्तुत गरिएको बाहेक अन्य ५ परियोजनाका लागि पनि लगानी प्रस्ताव आएको बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार निजगढ विमानस्थलमा ६, बाहिरी चक्रपथमा ४, धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ र भक्तपुरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि दुईवटा प्रस्ताव परेका छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा लगानी बार्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीलाई सहजीकरण गर्न सरकारले एकै थलोबाट सबै प्रकारका सेवा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनु भयो ।

गत बिहिवार बसेको लगानी बार्डको बैठकले आयोजनाका लागी लगानी प्रस्ताव पेश गर्ने समय १ महिना थप गर्ने निर्णय गरेको लगानी बोर्डले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button