तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा श्रीलंकामा भएको बिस्फोटको घटनाप्रति दुःख व्यक्त

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम बिस्फोटनको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई समवेदना सन्देश पठांउनु हुदैं दुःख व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले श्रीलंकका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध बम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले आफुलाई अत्यन्त दुःखी बनाएको सन्देशमा उल्लेल गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल सरकारले मानवता विरोधी जघन्य घटनाको भत्सर्ना गरेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल आतंकवाद विरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रंग र रुपको आतंकवादको कडा शब्दमा निन्दा गर्दछ, भन्नु भएको छ ।
प्रधानमन्त्रीओलीले सन्देशमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनताको तर्फबाट घटनाका मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्नुहुदैं शोकाकूल परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button