तपाईँ सुन्दै हुनुहुन्छः

कोशकार एवं साहित्यकार नेपालको अन्त्येष्टि

काठमाडौँ । शब्द कोशकार एवं साहित्यकार वसन्तकुमार शर्मा नेपालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको

कोशकार नेपालको ९७ वर्षको उमेरमा उहाँकै निवास काठमाडौंको चाबहिल मैँजुबहालमा निधन भएको हो ।

विसं १९७९ चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन जन्मनुभएका साहित्यकार नेपाल दुई महीनादेखि निवासमै अचेत अवस्थामा हुनुहुन्थ्यो । पाँच महीनाअघि फोक्सोमा समस्या देखिएको थियो ।

नेपाली भाषामा सबैभन्दा धेरै शब्द सङ्कलन गरिएको उहाँको ‘नेपाली शब्दसागर’ विसं २०५७ चैत ३० गते प्रकाशन भएको थियो ।

शब्दसागरमा १ लाख २५ हजार शब्द थिए । विसं २०७० मा ‘नेपाली शब्दसागर’ को दोस्रो संस्करण प्रकाशन गरी १ लाख ४१ हजार शब्द पुर्याइएको थियो ।

उहाँले महाभारतलाई गद्यमा चार खण्डमा अनुवाद गर्नुभएको छ । यसैगरी १३५ वटा उपनिषद् पनि अनुवाद गर्नुभएको छ ।

हालसम्म उहाँका ७६ कृति प्रकाशन भइसकेको जनाइएको छ । १०० वटा पाण्डुलिपी तयार छन् ।

उहाँका श्रीमती, चार छोरा र तीन छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button