नेपालद्वारा मियानमार पराजित
काठमाडौं । विशाल विक्रम केसीको उत्कृष्ट बलिङ्ग र अर्जुन कुमारको सानदार ब्याटिङ्ग संगै नेपालले ए सी सी अण्डर १६ ईष्टर्न रिजन क्रिकेटको आफ्नो पहिलो खेलमा मियानमारलाई सहज ढङ्गले पराजित गरेको छ ।
थाईल्याण्डको चियाङ्गमाईमा शनिबार भएको खेलमा नेपाली अण्डर १६ ले मियानमारको अण्डर १६ लाई ७ विकेटले पराजित गरेको थियो ।
पहिलो ब्याटिङ्ग गरेको मियानमारलाई मात्र ५८ रनमा रोक्न विशाल विक्रम केसीले सर्वाधिक ४ विकेट लिए ।
यसैगरि रमेस कुर्मी र निखिल कुमार सिंहले १–१ विकेट लिएका थिए । ५९ रनको सामान्य लक्ष्ये नेपालले ८.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो ।
नेपालका शुरुवाती ब्याट्स् म्यान अर्जुुन कुमारले अविजित रहेर १५ बलमा २६ रनको योगदान गरे ।
यसैगरी, शुवास ऐएरले ११, प्रशान्त महतले अविजित रहेर ९, दिपक बोहोराले ६ र विशाल विक्रम केसीले ३ रन बनाए ।
पूर्व विजेता नेपालले अब अर्को खेल यही अप्रिल २४ तारिखमा मलेसियासँग खेल्ने छ ।
नेपाल रहेको समूह ए मा मलेसिया, मियानमार र थाईल्याण्ड रहेका छन् । यसैगरी, समूह बि मा सिंगापुर, हङकङ, चिन र भुटान रहेका छन् ।
परेश सापकोटा
प्रतिक्रिया राख्नुहोस्