तपाईँ सुन्दै हुनुहुन्छः

ए पी एफ का दुवै जोडी ब्याडमिन्टनको फाईनल प्रवेश

नेपालगञ्ज । नेपाल ए पी एफ का दुवै जोडी आठौं राष्ट्रिय खेलकुद अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा फाईनल प्रवेश गरेका छन् ।

ए पी एफ का पुजा श्रेष्ठ र दिपेश धामीको जोडी तथा जेशिका र गौतम सिंह कठायतको जोडी फाईनल प्रवेश गर्न सफल भएको हो ।

श्रेष्ठ र धामीको जोडीले सेनाका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई तथा गुरुङ्ख र कठायतको जोडीले सेनाकै अनुमाया राई र रत्नजित तामाङ्खको जोडीेलाई हराउँदै उपाधि भिडन्तलाई आफ्नै क्लब विचमा राखे ।

यस्तै पुरुष एकल तर्फ पुरानै प्रतिद्वन्दीका बीच उपाधिका लागि भिडन्त हुने भएको छ ।

सेनाका रत्नजित तामाङ्खले टिम प्रतिस्पर्धाको पुरुष एकलमा भएको लज्जास्पद हारको बदला लिंदै सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहाललाई हराउँदै उपाधि जोगाउने क्रममा चिरपरिचित प्रतिद्वन्दि ए पी एफका दिपेश धामीसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।

दाङ्खको घोराहीस्थित कभर्ड हलमा भएको प्रतियोगिताको महिला एकलको फाईनलमा सेनाका दुवै खेलाडी नङ्खशल देवी तामाङ्ख र रशिला महर्जनले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसैगरी, महिला युगलतर्फ पनि सेना र ए पी एफ कै भिडन्त हुने भएको छ । सेनाका नङ्खशल देवी तामाङ्ख र अनुमायाको जोडीले प्रदेश १ का सिता राई र सिमा राजबंशीको जोडीमाथि जित निकाल्दै फाईनलमा ए पी एफ का पुजा श्रेष्ठ र जेशिका गुरुङ्ख संगको भेट पक्का गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button