तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखमा चट्याङ्ग पर्दा ७ जना घाइते

भिम बहादुर सिजापति, दैलेख । दैलेखको नौमूले गाउँपालिका वडा नम्बर २ मा गयराति परेको चट्टयाङ्ग लागेर ७ जना घाइते भएका छन् ।

नौमूले गाउँपालिका २ बालुवाटारको नौफेरीका गणेश रोकायको घर नजिकै चट्टयाङ्ग पर्दा घरमा बसिरहेका ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

घाईते मध्ये १ जनाको जिल्ला अस्पताल र अन्यको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button