तपाईँ सुन्दै हुनुहुन्छः

सेनाले बम निष्कृय बनायो

नेपालगञ्ज । बाँकेको कोहलपुरमा आज विहान भेटिएको कुकर बम नेपाली सेनाले निष्कृय बनाएको छ ।

कोहलपुर नगरपालिका ११ मा रहेको कृषि उपज बजार नजिकैको सडक बीचमा राखिएको कुकर बम सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
बम प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपाले राखेको आंशका गरिएको छ । सो पार्टीले आज नेपाल बन्दको आव्हान गरेको छ । बन्दको प्रभाव बाँकेमा आंशिक परेको छ । बजार केही खुलेका छन् भने यातायातका साधनहरु पनि कम चलेका छन् । शिक्षण संस्था, उद्योग कलकारखाना भने बन्द छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button