तपाईँ सुन्दै हुनुहुन्छः

‘सफल पोखरा अन्तराष्ट्रिय म्याराथन’को उपाधि रिजाललाई

पोखरा । तेह्रौँ संस्करणको ‘सफल पोखरा अन्तराष्ट्रिय म्याराथन’को उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जित्ज सफल भएका छन् ।

भूतपूर्व खेलाडी मञ्चको आयोजनामा मंगलबार भएको प्रतियोगितामा दुई घण्टा ४० मिनेट १० सेकेण्डको समयमा निर्धारित दूरी पार गर्दै उनले उपाधिसहित एक लाख पुरस्कार प्राप्त गरेका थिए ।

म्याराथनमा सशस्त्र प्रहरीका खिमबहादुर खत्रीले दोस्रो र नेपाल प्रहरीका भूमिराज राईले तेस्रो स्थान प्राप्त गर्दै क्रमसः ७० हजार र ५० हजार रपैँया पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा म्याराथनसहित १० किलोमिटर महिला तथा पुरुष दौड, पाँच किलोमिटर छात्र तथा छात्रा दौड, अपाङ्गता भएका लागि ४०० मिटर पुरुष तथा १०० मिटर महिला र १०० मिटर दृष्टीविहीन ह्विलचियर प्रतियोगिता गरी आठ प्रकारका इभेन्टस् समावेश गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button