तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा बढ्यो सम्वन्ध बिच्छेद, पुरुष भन्दा महिलाका मुद्दा बढि

भोजपुर । जिल्ला अदालत भोजपुरमा यस बर्ष सत्तरी वटा सम्वन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् ।  जिल्ला अदालत भोजपुरका श्रेष्तेदार राजकुमार दाहालका अनुसार माघ मसान्तसम्ममा सम्वन्ध बिच्छेदका ७० पटा मुद्दा दर्ता भएका छन । जसमा ५१ वटा फच्यौट भैसकेका छन भने अव १९ वटा मुद्धा बाँकी रहेका छन । भोजपुरमा पछिल्लो समयमा पुरुष सम्वन्ध बिच्छेदका लागि मुद्धा दर्ता गर्ने क्रम समेत बढेको छ ।

जिल्ला अदालत भोजपुरले बिहिवार पत्रकारसँग भेटघाट गर्दे अदातलबाट हालसम्म भएका मुद्या र फच्यौटका बिषयमा जानकारी गराएको हो । भोजपुर अदालतमा ५० महिला र २० पुरुषले सम्वन्ध बिच्छेदका लागि मुद्धा दर्ता गराएका थिए । जिल्ला अदालत भोजपुरमा माघ मसान्तसम्ममा २ सय २७ वटा मुद्दाहरु दर्ता भएकोमा हालसम्म १ सय ६५ वटा मुद्धाहरु फच्यौट भई सकेको श्रेष्तेदार दाहालले बताए । उनका अनुसार अव ६२ वटा मुद्धाहरु मात्र अदातलबाट फैसला हुन बाँकी रहेका छन ।

 यसै गरी जिल्ला अदातलमा आएका ४९ वटा मेलमिलापका मुद्धाहरु मध्ये २४ वटा मुद्धा भने मेलमिलापबाट मिलेका छन भने १९ वटा असफल भएका छन । जसमा अव ९ वटा मात्र मेलमिलाप प्रक्रियामा रहेको छ । जिल्ला अदालतमा माघ महिनासम्म जरिवानाका लागि फैसला भएको मुद्धाहरुमा १९ लाख ९८ हजार १ सय ५१ रुपैया असुल भएको श्रेष्तेदार दाहालले जानकारी दिए ।  भोजपुर अदालतले लेखापढी प्रमाण पत्रका लागि माग गरेको आवेदनमा १ सय ७६ जनाले आवेदन दिएका छन । जसमा ४८ जना महिलाले पनि आवेदन गरेका छन ।   जिल्ला अदालतबाट स्थानिय तहहरुमा न्याय र समस्याका बिषयमा स्थानिय तह केन्द्रित न्यायीक संवादहरु समेत गरि रहेको जिल्ला न्यायाधिश हरिशचन्द्र इङनामले बताए । जिल्लामा रहेका २ नगरपालिका र ७ वटा गाउँपालिकाहरु मध्ये केही गाउँपालिका र दुई नगरपालिकाहरुमा भने कार्यक्रम सम्पन्न भैसकेका छन ।

– निरोज कोइराला / रेडियो नेपाल

प्रतिक्रिया राख्नुहोस्

Back to top button