तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसले अध्यादेशको प्रतिबाद गर्ने

काठमाण्डौ । नेपाली काँग्रेसले सरकारले ल्याएको अध्यादेश संविधानको मर्म एवं भावना विपरित रहेको ठहर गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको मंगलबार बसेको बैठकले कोरोना संक्रमणविरुद्ध सिंगो देश एक ढिक्का रहेर लडिरहेको, जनता लक डाउनमा कष्टकर स्थितिमा रहेको, स्वास्थकर्मी र सुरक्षाकर्मी अत्यावश्यक सामग्रीको अभावमा जोखिमपूर्ण ढंगले कोरोनासँग जुधिरहेका बेला युद्धस्तरमा सरकारले कार्य गर्नुपर्नेमा लोकतान्त्रिक संविधानलाई असफल बनाउने षड्यन्त्र गरिएको आरोप लगाउँदैे ऐक्यवद्ध ढंगले यसको प्रतिवाद गर्र्नेे निर्णय गरेको छ ।

कतिपय महत्वपूर्ण संवैधानिक नियुक्तिमा साझा स्वामित्व बोधको परिकल्पनाका साथ संविधानले बिशिष्ट ब्यवस्था गरेको तर संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले संविधानको त्यो मर्म र भावना एवं परिषदको भूमिकालाई समाप्त गरेको भन्दै कांग्रेसले अध्यादेश फिर्ता लिन सरकार समक्ष माग गर्ने निर्णय गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संविधान निर्माण गर्दा स्थिरताको परिकल्पना गरेर केही विशेष प्रावधान राखिएकोमा राजनैतिक दल सम्बन्धी व्यबस्थासम्बन्धी अध्यादेशले त्यो मर्मलाई समाप्त गरेर अस्थिरताका लागि मार्ग प्रशस्त गरेको आरोप कांग्रेसले विज्ञप्तिमार्फत् लगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button