तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा दुईजना बेपत्ता

मकवानपुर। मकवानपुरको मार्खुमा गए रातीको बर्षाका कारण पहिरोले घरै बगाउँदा दुईजना बेपत्ता भएका छन् । अर्का एक जना पहिरोमा परी घाइते भएका छन् ।
गए राती लगातार त्यस क्षेत्रमा पानी परेकोले पहिरो लडेर घर बगाउँदा दुईजना पुरिएको आशंका गरिएको छ । पुरिनेमा ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ मार्खुका कान्छीमाया बलामी र १८ बर्षीया छोरी बबिता बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।
पहिरोमा परी ३८ बर्षीया बुहारी बेली बलामी घाइते हुनुभएको छ । पहिरोमा पुरिएकाहरुको उद्वार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button