तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते  

कञ्चनपुर । कञ्चनपुरमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् ।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ पारिफाँटा बस्ने २६ वर्षीय रवीन्द्र सिंह धामीलाई शुक्रवार बिहान बाघले आक्रमण गरेको हो । 

घर नजिकै रहेको भगवती सामुदायिक बनमा बाख्राको लागि स्याउला काटिरहेको अवस्थामा बाघले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । 

सामान्य घाइते धामीलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button